Wednesday, January 19, 2011

१५ दिने ट्रेकर मसाज तालिम

         करुणा हेल्थकेयरले नयाँ योजना ल्याएको छ । यो योजना अनुसार विशेष गरेर ट्रेकिङ जाने र ट्रेकीङमा पठाउने हरुलाई बढी फाईदा हुने देखिन्छ । ट्रेकिङ एजेन्सीहरुले अब पर्यटकहरुलाई ट्रेकीङ  पठाउँदा गाईड, सव-गाईड, पोर्टरको साथसाथै मजास थेरापिष्ट पनि पठाउन सक्नेछन् जसको लागी उनिहरुले आफ्नै कोहि व्याक्ति वा निश्चित समयको लागि थेरापिष्ट पनि लैजान सक्नेछन् । थेरापिष्ट आफै पठाउने हो भने बिशेष किसिमको तालिम दिएर पठाउन सक्नेछन् भने लैजाने हो भने करुणा हेल्थकेयरले उपलब्ध गराउने छ । जसले गर्दा पर्यटक झन् आकर्षित हुनसक्ने छन् । उनिहरुले ट्रेकिङकै समयमा शरिरको मसाज पनि पाउने हुनाले सहज अनुभव पनि गर्नेछन्, जसले गर्दा उनिहरुको घुमाई झन् सार्थक हुने छ ।    

           तालिम लिन चहाने हरेक व्यक्तिलाई दिईने यो तालिमको अबधी १५ दिनको हुनेछ जसमा मसाज बाहेक ट्रेकिङको लागि उपयोगी हुने अन्य कुराहरु पनि सिकाईने छ । तालिममा सहभागि हरुलाई जागिरको पनि व्यावस्था हुन सक्ने छ । पर्यटन बर्ष २०११ सँगै आएको यस्तो योजनाले पर्यटन विकासमा पनि केही टेवा पुग्नेछ ।  

Thursday, January 13, 2011

होमियोप्याथी

होमियोपेथि उपचारको एक बैकैल्पिक बैज्ञानिक पद्दति हो । यो प्रकृतिको नियममा रहेर गरिन्छ वा भनौ यो प्रकृतिको नियममा आधारीत छ । जसरी प्रकृतिल आफ्नो काम नियमित तवरले संञ्चालन गर्दछ त्यसै गरी हाम्रो शरिर पनि प्रकृतिको सामिप्यमा रहेर प्रकृतिकै अनुसार आफ्नो काम संचालन गरिरहेको हुन्छ । सबैभन्दा पहिला यो पद्दति १८ औँ सताव्दिको सुरुतिर जर्मन बैज्ञानिक डा.सैम्युअल हैनिमैन ले पत्ता लगाएका थिए यो कुरा १७९६ को हो र यसको प्रयोगको लागी २०० बर्ष लाग्यो । होमियोपेथि एक क्रान्तिकारि उपचार पद्दति हो । यो उपचारको कोमल तथा प्रभावशाली प्रणाली हो । यसमा उपचारको लागि प्रकृतिले स्वयं औसधिको काम गर्दछ ।

होमियोप्याथिक उपचारपद्दति नै किन चाहीयो त ?

होमियोप्याथीक बैज्ञानिक, तार्किक, सुर त छिटो र अत्यन्तै प्रभावशाली उपचार बिधि हो । यो लामो समयको लागी रोग निको पार्ने पद्दती हो । बिरामीको भित्री जड पत्ता लगाएर स्थायिरुपमा यसको समाधान गरिन्छ गरिन्छ । र यो बिशेष गरि बर्तमान र भविस्यको पनि औसधि हो ।  यसमा बिरामी औसधी प्रयोग गर्ने बित्तिकै निको हुनेमात्र नभईकन बिरामी लामो समयसम्म पनि रोग नलाग्ने गरी निको हुन्छ यो नै यो यसको सबैभन्दा उपयोगी कुरा हो । 

समग्र चिकित्सा: होमियोपेथिक

होमियोपेथिक उपचार पद्दतिमा यो मानिन्छ कि रोग भन्ने चिज शरिरको कुनै एक अंग वा कुनै एउटा भागमा मात्रै लाग्ने होईन यो त शरिरको भित्री भाग देखी सुरु हुन्छ र त्यसको सिम्टोम शरिरको बिभिन्न भागमा देखा पर्छ बिभिन्न रुपमा । त्यसैले उपचारको लागि बिभिन्न तरिकाका  औसधीको प्रयोग गर्ने कुरामा पनि बिश्वास गर्दैन ।  कुनै पनि एउटा अंग वा रोगको औसधिको प्रयोगले त्यो रोग केहि समयको लागि निको भएको जस्तो अनुभव त होला तर पुर्ण तवरले लामो समय सम्मको लागि निको हुँदैन । होमियोपेथिक उपचारको सिद्धान्त अनुसार सानो मात्राको औसधी सेवनले व्याक्ति लामो समय सम्म निको हुनुपर्छ भन्ने हो ।

होमियोपेथिक: थोरै चिजको धेरै जादू
होमियोपेथिक औषधि तयार पार्ने क्रममा बिसुद्ध प्राकृतिक बस्तुहरुको प्रयोग गरिन्छ,  यो सानो साईजको हुन्छ र एउटा वा दुईवटा औषधिको मात्रा मात्रै प्रयोग गर्न डक्टरको सल्लाह हुन्छ । यो औषधिमा कुनै पनि रसायन प्रयोग गरिएको नहुनाले साईड ईफेट्ट गर्ने कुनै सम्भावनै हुँदैन, यसो हुनेले हामिलाई एउटा औषधि खाँदा अर्को रोग लाग्ने डर बाट छुटकरा पनि पाउन सकिन्छ ।  विषेषत होमियोपेथिक औषधि शरिरलाई प्राकृतिक तवरले सञ्चालन गर्नको लागी प्रयोग गरिने औषधि हो ।